कपिलवस्तु ।
मनकामना सामुदायिक वनको अध्यक्षमा मुक्त बहादुर कार्की निर्वाचित भएका छन् । एक जना कार्यसमिति सदस्य र एक जना लेखा समिति सदस्य बाहेक अरु पदमा कार्कीको प्यानल नै विजयी भएको निर्वाचन मण्डलले जानकारी दिएको छ ।

निर्वाचनमा तीन समूहले प्यानललै खडा गरी निर्वाचनमा होमिएका थिए ।
११ सय १ जना उपभोक्ता रहेको वनमा ९ सय ३३ मत खसेको थियो ।
प्राप्त अन्तिम नतिजा अनुसार अध्यक्षमा विजयी कार्कीले ३ सय ५३ मत ल्याएका छन् । अध्यक्षका अर्का उम्मेदवार चुरामणी अर्यालले २ सय ८४ मत पाउँदा कमल घिमिरेले १ सय ७९ मत पाए ।
कार्की एमाले र अर्याल कांग्रेसका आधिकारिक उम्मेदवार थिए भने घिमिरे स्वतन्त्र उम्मेदवार थिए ।
कार्की प्यानलबाट उपाध्यक्ष पदका उम्मेदवार पुष्कर घिमिरेले ३ सय ८७ मत ल्याएर वियजी हुँदा सचिवमा गंगा भट्टराईले ३ सय ५७ मत ल्याएर विजयी भइन् । यही प्यानलको सहसचिवमा कविराज उपाध्यायले ४ सय २१ मत पाउँदा कोषाध्यक्षमा लक्ष्मी थारुले ३ सय ४५ मत पात पाए ।
अर्याल प्यानलबाट उपाध्यक्षका उम्मेदवार मन बहादुर पुनले ३ सय ३०, सचिवका उम्मेदवार पुष्पा घिमिरेले ३ सय १७ मत ल्याएका छन् । कोषाध्यक्षमा सकुन्तला घिमिरे ३ सय २३ र सह सचिवमा राम बहादुर टण्डनले ३ सय १९ मत पाएका बताइएको छ ।
कपिलवस्तु बाणगंगा नगरपालिका २ नन्दनगरमा रहेको वनको शनिबार मतदान भएको थियो ।








