गृहपृष्ठ कपिलवस्तु बिशेष १३ औं कपिलवस्तु महोत्सव : गायन आईडल हुने भएपछि छायो उत्साह

१३ औं कपिलवस्तु महोत्सव : गायन आईडल हुने भएपछि छायो उत्साह

वैखरी अनलाईन, बाणगंगा ।

१३ औं कपिलवस्तु महोत्सवमा गायन विधातर्फको आईडल हुने भएपछि दर्शकमा उत्साह छाएको छ । “सक्षम व्यवसायी, समुन्नत राष्ट्र र आत्मनिर्भर अर्थतन्त्र” भन्ने मूल नाराका साथ महोत्सव यही माघ १७ गते सुरु हुदैं छ ।

विद्यालय समन्वय तथा सम्पर्क समितिका संयोजक बासुदेव घिमिरेले गायन विधातर्फको आईडलमा विद्यार्थीदेखि सम्पुर्ण दर्शकमा नै उत्साह देखिएको बताए । डान्स आईडल भन्दा पनि गायन आईडल व्यापक प्रचारप्रसारको विषय बनेको बताउँदै उनले भने, ‘धेरै जनाले चासो देखाएर निरन्तर मलाई सम्पर्क गर्नुभएको छ ।’

बुटवल, काठमाण्डौंदेखि कलाकार बोलाएर गायन आईडलको आवश्यक प्रक्रिया सुरु गर्ने तयारी अन्तिम चरणमा रहेको उनले बताए । गायनमा रुचि राख्ने जो कोहीले आयोजकलाई सम्पर्क गर्न सक्ने उनले बताए ।

गायनसंगै वतृत्वकला, शैक्षिक सामग्री तथा विज्ञान प्रदर्शनी जस्ता कार्यक्रम राखिएको उनले बताए । उनका अनुसार विज्ञान प्रदर्शनीको लागि महोत्सवमा निशुल्क रुपमा ५ वटा स्टल रहने छन् ।

महोत्सव बाणगंगाको चारनम्बर जीतपुरस्थित बुद्धरंगशालामा हुदैं छ । यही माघ १७ गतेदेखि २९ गतेसम्म १३ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी हुन लागेको हो ।

सम्बन्धित् समाचार