गृहपृष्ठ कपिलवस्तु बिशेष १३ औं कपिलवस्तु महोत्सव : भोलि उद्घाटन गर्न उद्योगमन्त्री भण्डारी आउने

१३ औं कपिलवस्तु महोत्सव : भोलि उद्घाटन गर्न उद्योगमन्त्री भण्डारी आउने

प्रकाशित मिति:

वैखरी अनलाईन, बाणगंगा ।

१३ औं कपिलवस्तु महोत्सवको उद्घाटन नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले गर्ने भएका छन् । । “सक्षम व्यवसायी, समुन्नत राष्ट्र र आत्मनिर्भर अर्थतन्त्र” भन्ने मूल नाराका साथ मंगलबार भोलि देखि सुरु हुने उक्त महोत्सवको मन्त्री भण्डारीले उद्घाटन गर्ने भएका हुन् ।

उद्घाटन गर्न मन्त्री भण्डारी भोलि १ बजे आउने महोत्सवका संयोजक समेत रहेका कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले सोमबार आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिए ।

महोत्सव बाणगंगाको चारनम्बर जीतपुरस्थित बुद्धरंगशालामा हुदैं छ । यही माघ १७ गतेदेखि २९ गतेसम्म १३ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी हुन लागेको हो । मंगलबार उद्घाटन हुने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिदैं दिदैं उनले भने, ‘मंगलबार विहान १० बजेसम्म सम्पुर्ण तयारी सम्पन्न गरेर १ बजे उद्घाटन गर्ने कार्यक्रम छ ।’

महोत्सवमा डेढ लाख दर्शन भित्राउँदै करिब ६ करोडको आर्थिक कारोबार गर्ने लक्ष्य रहेको उनले जानकारी दिए ।

आयोजकले विगतका महोत्सवहरुमा हुदै आएको डान्स आईडललाई निरन्तरता दिदैं यस महोत्सवलाई नयाँपन दिन ‘सिङ्गीङ आईडल’ गर्न लागिएको महोत्सवका निर्देशक समेत रहेका कपिलवस्तु उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष छविरेस्मी मगरले जानकारी दिए ।

उनले दुवै आईडलतर्फका आवश्यक प्रक्रिया अघि बढेको बताए । ‘सिङ्गीङ आईडल’ महोत्सवको आकर्षणको केन्द्रविन्दुका रहने उनले दाबी गरे । त्यसै गरि महोत्सवलाई नयाँपन दिन प्रमुख अतिथिलाई बग्गी चढाएर स्टेजसम्म लैजाने व्यवस्थापन मिलाएको उनले बताए ।

उनले दुवै आईडलतर्फका आवश्यक प्रक्रिया अघि बढेको जानकारी दिए ।

सम्बन्धित् समाचार