गृहपृष्ठ Featured १३ औं कपिलवस्तु महोत्सवको सम्पुर्ण तयारी पुरा

१३ औं कपिलवस्तु महोत्सवको सम्पुर्ण तयारी पुरा

वैखरी अनलाईन, बाणगंगा ।

१३ औं कपिलवस्तु महोत्सवको तयारी पुरा भएको छ । सोमबार साँझसम्म महोत्सवको सम्पुर्ण तयारी पुरा भएको हो । “सक्षम व्यवसायी, समुन्नत राष्ट्र र आत्मनिर्भर अर्थतन्त्र” भन्ने मूल नाराका साथ महोत्सव बाणगंगाको चारनम्बर जीतपुरस्थित बुद्धरंगशालामा हुदैं छ । यही माघ १७ गतेदेखि २९ गतेसम्म १३ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी हुन लागेको हो ।

महोत्सवको तयारीको पुरा भएको र अन्य सौन्दर्यीकरणको काम जारी रहेको महोत्सवका संयोजक समेत रहेका कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले जानकारी दिए । महोत्सवलाई नयाँपन दिने गरि तयारी सम्पन्न भएको काम भईरहेको बताउँदै उनले भने, ‘अहिले समग्रमा तयारीको काम पुरा भयो । अहिले सजावटका काम भईरहेका छन् ।’

कपिलवस्तु उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा महोत्सवका निर्देशक छविरेस्मी मगरले विगतका महोत्सवहरुबाट पाठ सिक्दै यस महोत्सवलाई ऐतिहासिक बनाउने गरि संचालन गर्न लागिएको बताए ।

उनले १३ औं कपिलवस्तु महोत्सवलाई कपिलवस्तुकै उत्सावका रुपमा स्थापित गर्ने गरि तयारी गरिएको बताए । उनले यस क्षेत्रको समग्र पहिचान झल्किने गरि महोत्सव संचालन गरिने बताए । आन्तरिक तयारीका काम विभिन्न समिति, उपसमितिमार्फत सम्पन्न भएको बताउँदै उनले भने, ‘अहिलेको महोत्सवले कपिलवस्तुको पहिचानलाई प्रदर्शन गर्न महत्वपुर्ण भूमिका निर्वाह गर्नेमा हामी आशावादी छौं ।’

महोत्सवमा डेढ लाख दर्शन भित्राउँदै करिब ५ देखि ७ करोडको आर्थिक कारोबार गर्ने लक्ष्य रहेको आयोजकले जनाएको छ ।

सम्बन्धित् समाचार