वैखरी अनलाईन, बाणगंगा ।
१३ औं कपिलवस्तु महोत्सवको उद्घाटन गर्न नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले आउँदै छन् । “सक्षम व्यवसायी, समुन्नत राष्ट्र र आत्मनिर्भर अर्थतन्त्र” भन्ने मूल नाराका साथ आज मंगलबार देखि सुरु हुन लागेको महोत्सवको उद्घाटन गर्न मन्त्री भण्डारी आउँन लागका हुन् ।
उद्घाटन गर्न मन्त्री भण्डारी मंगलबार दिउँसो साढे १२ बजे आउने कार्यक्रम रहेको महोत्सवका संयोजक समेत रहेका कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले जानकारी दिए ।
आज उद्घाटन हुने महोत्सवको सम्पुर्ण तयारी पुरा भएको बताउँदै उनले भने, ‘मन्त्री जी को अहिले ११ बजे प्लेनको टिकट छ । साढे १२ बजेसम्म महोत्सव स्थलमा आईपुग्नुहुन्छ । त्यसपछि १ बजे उद्घाटन गर्ने कार्यक्रम छ ।’
महोत्सव बाणगंगाको चारनम्बर जीतपुरस्थित बुद्धरंगशालामा हुदैं छ । यही माघ १७ गतेदेखि २९ गतेसम्म १३ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी हुन लागेको हो ।








