गृहपृष्ठ Featured १३ औँ कपिलवस्तु महोत्सव : भोलि पशुपति शर्माले दर्शक नचाउने

१३ औँ कपिलवस्तु महोत्सव : भोलि पशुपति शर्माले दर्शक नचाउने

प्रकाशित मिति:

वैखरी अनलाईन, बाणगंगा ।

१३ औँ कपिलवस्तु महोत्सवमा बुधबार पशुपति शर्माको बेजोड प्रस्तुति रहने भएको छ । मंगलबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्घाटन गरेसंगै महोत्सव सुरु भएको छ । बुधबार लोक तथा दोहोरी गायक पशुपति शर्मा र बर्षा थापाको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

“सक्षम व्यवसायी, समुन्नत राष्ट्र र आत्मनिर्भर अर्थतन्त्र” भन्ने मूल नाराका साथ महोत्सव बाणगंगा नगरपालिकाको चारनम्बर जीतपुरस्थित बुद्धरंगशालामा हुदैं छ । १३ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी माघ २९ गतेसम्म चल्ने छ ।

महोत्सवको उद्घाटन दिनमा दर्शकहरुको उत्साहजनक उपस्थिती रहेको महोत्सवका निर्देशक समेत रहेका कपिलवस्तु उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष छविरेस्मी मगरले बताए । उनले महोत्सवको दोस्रो दिनलाई भव्य रुपमा सफल पार्न दर्शकलाई आह्वान समेत गरे ।

उनले महोत्सवमा भोलिदेखि पहिलो पटक हुन लागेको ‘सिङ्गीङ आईडल’ सुरु हुने बताए । यस्तै उनका अनुसार डान्स आईडल समेत सुरु हुने छ ।

सम्बन्धित् समाचार