गृहपृष्ठ Featured कपिलवस्तु महोत्सवमा भोलि चर्चित गायक प्रकाश सपुतको बेजोड प्रस्तुति

कपिलवस्तु महोत्सवमा भोलि चर्चित गायक प्रकाश सपुतको बेजोड प्रस्तुति

कपिलवस्तु ।

१३ औं कपिलवस्तु महोत्सवको चौथो दिन चर्चित लोक तथा दोहोरी गायक प्रकाश सपुतको बेजोड प्रस्तुति रहने भएको छ । शुक्रबार सपुतसंगै लोक तथा दोहोरी गायीका सपना गाहा आउने कपिलवस्तु उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा महोत्सवका निर्देशक छविरेस्मी मगरले जानकारी दिए ।

विहिबार ५ हजार दर्शकले अवलोकन गरेको जानकारी दिदैं महोत्सवका संयोजक समेत रहेका कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले साढे ३ लाखको आर्थिक कारोबार भएको बताए । आज आधुनिक तथा पप गायक कमल खत्री, लोक तथा दोहोरी गायक दिपक दर्लामी मगर र सम्झना रणपालले दर्शकलाई नचाएका हुन् ।

क्रमिक रुपमा दर्शकको उत्साहजनक उपस्थिति देखिएको संयोजक घिमिरेले बताए । यस क्षेत्रको उद्योग, व्यापार, पर्यटन, भेषभूषा, कला, संस्कृति, ऐतिहासिक स्थलको संरक्षण तथा प्रवद्र्धन गर्न महोत्सवले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उनको भनाई छ ।
डान्स आईडल संयोजक विरेन्द्र खाँणले विहिबार १४ जना प्रतिस्पर्धीले प्रस्तुति राखेको बताए ।

बुधबार २० जना जना प्रतिस्पर्धीले प्रस्तुति राखेका थिए । संयोजक खाँणका अनुसार आज ४ जना प्रतिस्पर्धी प्रतियोगिताबाट बाहिरिका छन् भने २ जना अनुपस्थित रहे । शुक्रबार पनि डान्स आईडलबाट थप प्रतिस्पर्धी बाहिरिने छन् । भोलिबाट गायन आईडल समेत सुरु हुने उनले जानकारी दिए ।

माघ १७ गतेदेखि सुरु भएको १३ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी महोत्सव माघ २९ गतेसम्म संचालन हुने छ ।

सम्बन्धित् समाचार