गृहपृष्ठ Featured रुकुम पश्चिममा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

रुकुम पश्चिममा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

रुकुम पश्चिम ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका- १ खरखरे डाँडामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ ।

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका १० बस्ने अन्दाजी ७९ वर्षीया धनी वलीको मृत्यु भएको हो ।

प्रदेश ३–०२–००१ ब ८५७ नम्बरको मोटरसाइकलले हिजो साँझ ५ बजे ठक्कर दिएको थियो ।

मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते भएकी उनको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेज कोहलपुर बाँकेमा गएराति साढे १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार