वैखरी अनलाईन, बाणगंगा ।
चर्चित आधुनिक गायिका एलिना चौहान कपिलवस्तु आईपुगेकी छिन् । १३ औं कपिलवस्तु महोत्सवको सातौं दिन आज प्रस्तुति राख्न गायिका चौहान कपिलवस्तु आईपुगेकी हुन् ।
महोत्सवमा आज चौहानसंगै लोक तथा दोहोरी गायक नविन पौडेल, लोक तथा दोहोरी गायिका विष्णु श्रीपाली, हास्य कलाकार तथा लोक दोहोरी गायक उज्वल गिरीको प्रस्तुति राख्ने महोत्सवका संयोजक तथा कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले जानकारी दिए ।
आईतबार चर्चित लोक तथा दोहोरी गायिका बविता बानियाँ जेरी, लोक तथा दोहोरी गायक बालचन्द्र बराल, हास्य कलाकार पुरुषोत्तम भण्डारी ‘पुर्खे बा’ ले प्रस्तुति राखेका थिए । महोत्सवमा दर्शकको उत्साहजनक सहभागिता देखिएको र दर्शकको उपस्थिति क्रमश बढ्दै गएको महोत्सवमा निर्देशक तथा कपिलवस्तु उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष छविरेस्मी मगरले बताए । उनले आज चौहानको प्रस्तुति हेर्न दर्शकको उत्साहजनक उपस्थिति रहने समेत दाबी गरे ।
यस्तै आईडलतर्फ डान्स र सिंङ्गिङका प्रतिस्पर्धीले आआफ्नो प्रस्तुति राख्ने आईडल संयोजक विरेन्द्र खाँणले जानकारी दिए । उनका अनुसार आज दुबै आईडलबाट एक एक जना प्रतिस्पर्धी बाहिरिने छन् ।
“सक्षम व्यवसायी, समुन्नत राष्ट्र र आत्मनिर्भर अर्थतन्त्र” भन्ने मूल नाराका साथ महोत्सव बाणगंगाको चारनम्बर जीतपुरस्थित बुद्धरंगशालामा मंगलबारदेखि सुरु भएको हो । १३ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी महोत्सव माघ २९ गतेसम्म संचालन हुने छ ।








