गृहपृष्ठ Featured कपिलवस्तु महोत्सव : आज रमेशराज भट्टराईदेखि मिलन बिसीसम्मका कलाकार आउँदै

कपिलवस्तु महोत्सव : आज रमेशराज भट्टराईदेखि मिलन बिसीसम्मका कलाकार आउँदै

प्रकाशित मिति:

वैखरी अनलाईन, बाणगंगा ।

१३ औं कपिलवस्तु महोत्सवको दशौं दिन चर्चित आधुनिक गायक रमेशराज भट्टराईको बेजोड प्रस्तुति रहने भएको छ । विहिबार आज भट्टराईसंगै चर्चित लोक तथा दोहोरी गायिका शोभा त्रिपाठी, चर्चित लोक तथा दोहोरी गायक मिलन बिसीसहित स्थानीय कलाकारको कलाकारको प्रस्तुति रहने महोत्सवका संयोजक तथा कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले जानकारी दिए ।

भट्टराईले दर्जनौ चर्चित गित गाईसकेका छन् भने त्रिपाठी गायन, अभिनयसंगै कार्यक्रम प्रस्तोता समेत हुन् । गायक बिसी कपिलवस्तु निवासी हुन्, उनले ‘हाम्रो कपिलवस्तु प्यारो कपिलवस्तु’ चर्चित गित गाएका छन् ।

बुधबार हिजो चर्चित लोक तथा दोहोरी गायक खेम सेन्चुरी, चर्चित बाल गायक सुप्रिम मल्ल, लोक दोहोरी गायिकका मन्जु भट्टराईसहित स्थानीय कलाकारको प्रस्तुति रहेको उनले जानकारी दिए । महोत्सवमा दर्शकको उत्साहजनक सहभागिता देखिएको उनले बताए ।

यस्तै आईडलतर्फ गायन र डान्समा ५र५ जना प्रतिस्पर्धीले आज आआफ्नो प्रस्तुति राख्ने आईडल संयोजक विरेन्द्र खाँणले जानकारी दिए ।
“सक्षम व्यवसायी, समुन्नत राष्ट्र र आत्मनिर्भर अर्थतन्त्र” भन्ने मूल नाराका साथ महोत्सव बाणगंगाको चारनम्बर जीतपुरस्थित बुद्धरंगशालामा माघ १७ गतेदेखि सुरु भएको हो ।

१३ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी महोत्सव माघ २९ गतेसम्म संचालन हुने छ ।

सम्बन्धित् समाचार