कपिलवस्तु ।
महाशिव रात्रीको मुखैमा तौलिहवास्थित प्राचिन तालेश्वरनाथ महादेव मन्दिर परिसरमा रहेको बसाहाको मुर्तिको स्वरुप बिगारेको भन्दै स्थानीयबासी बिरोधमा उत्रिएका छन् । मन्दिर ब्यवस्थापन समितिले सुन्दरीकरण गर्ने नाममा ग्लेन्डरको प्रयोग गरी बसाहाको मुर्तिका स्वरुप बिगारे पछि स्थानीयबासी आक्रोसित बनेका हुन ।
आईतावार दिउसो साढे ३ बजेतिर समितका सचिव हरिशचन्द्रलाल श्रीवास्तवको अगुवाईमा काठमाण्डौका कालीगढले मुर्तिमा ग्लेन्डर प्रयोग गरेको मन्दिरका पुजारी दुर्गेश गोस्वामीले बताए । उनले आफुले त्यसो नगर्न आग्रह गर्दा पनि सचिव श्रीवास्तवले नमानेको बताए । एक घन्टा लगाएर मन्दिरको स्वरुप परिवर्तन गरिएको थियो ।
समितिले मुर्तिलाई ढोक्ने गरी पित्तल आकारको बसाहा त्यस माथी राख्नकालागि सो कार्य गरिएको जनाइएको छ । बसाहाको स्वरुप परिवर्तन गरिए पछि आक्रोसित बनेको राष्ट्रिय हिन्दु परिषद, बिश्व हिन्दु परिषद र गौबंश संरक्षण समितिका सदस्यहरुले मन्दिर परिषरमा बिरोध प्रर्दशन गरेका छन ।
उनीहरुले तौलेश्वर शिव मन्दिर बचाऔ भन्दै संघर्ष समिति समेत गठन गरेका छन । संघर्ष समितिका अध्यक्ष अशोक पाण्डेयले मन्दिर ब्यवस्थापन समितिले मनोमानी तरिकाले बसाहाको मुर्तिको स्वरुप परिवर्तन गरको प्रति खेद प्रकट गरे । उनले धार्मिक आस्थाम माथी नै चोट पुरेयाउर्ने कार्यका संलगनलाई काड कारबाही हुनु पर्ने उनले माग गरे । सघर्ष समितिले मन्दिर देखि प्रशासन कार्यालय सम्म बिरोध प्रर्दशन समेत गरेको छ । समितिले प्रशासन कार्यालयलाई उनीहरुले ज्ञापन पत्र समेत बुझाएका छन ।
ज्ञापन पत्रमा दोषीमाथी कडा कारबाही गरिनु पर्ने माग गरिएको छ । प्रचिन स्मारक ऐन अनुसार पनि सय बर्ष पुरानो कुनै पनि संपदालाई क्षति पुर्याउन पाईन्न । समितिले आफुहरुले बसाहाको सुन्दरीकरण गर्नकालागि मात्र सो कार्य गरिएको बताएको छ । गलत नियत र धार्मिक आस्थामाथी आफुहरुको चोट पर्याउने कुनै नियत नभएको समितिले जनाएको छ ।
स्थानीयको बिरोध पछि प्रहरीले मन्दिर ब्यवस्थापन समितका सचिव हरिशचन्द्रलाल श्रीवास्तव र काठमाण्डौबाट आएका एक जना कालीगढलाई नियन्त्रणमा लिएको प्रहरी उपरिक्षक प्रेम बहादुर बस्नेतले बताए । उनले घटनाको अनुसंधान गरिने र आवश्यक्ता अनुसार कारबाही प्रकृया अघि बढाईने बताए । स्वरुप बिग्रेको बसाहाको मुर्तिलाई छोपेर राखिएको छ ।