गृहपृष्ठ Featured लुम्बिनी प्रदेश : सरकारले संसद्लाई बिजनेस दिन नसक्दा प्रदेशसभा बैठक अनिश्चित

लुम्बिनी प्रदेश : सरकारले संसद्लाई बिजनेस दिन नसक्दा प्रदेशसभा बैठक अनिश्चित

बुटवल ।

लुम्बिनी प्रदेश सरकारले संसद्लाई बिजनेस दिन नसक्दा प्रदेशसभा बैठक अनिश्चित भएको छ । माघ २० गते बसेको प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो ।

प्रदेशसभा  बैठक बसाउनेबारेमा अहिलेसम्म छलफल भएको छैन । लुम्बिनी प्रदेशसभा सचिवालयका अनुसार तत्काल बैठक बस्ने कुनै संकेत देखिएको छैन । सरकारले प्रदेशसभालाई कुनै बिजनेस नदिएकाले तत्काल बैठक बस्ने कुनै सम्भावना नरहेको प्रदेशसभा सचिवालयका सचिव दुर्लभ कुमार पुन मगरले बताए ।

उनले भने, ‘सरकारले बिजनेस दिएको छैन । तत्काल प्रदेशसभाको बैठक बस्ने कुने सम्भावना देखिएको छैन । सरकारले बिजनेस नदिँदा र हामीसँग नियमित कुनै एजेण्डा नहुँदा तत्काल प्रदेशसभाको बैठक बस्ने सम्भावना छैन ।’

यस्तै नेपाली कांग्रेसका सांसदसमेत रहेका कार्यावस्था परामर्श समितिका सदस्य बसिउद्रन  खाँले अहिले मन्त्रिपरिषद्को बिस्तार भएकाले सरकारले विधेयक नलाएकाले प्रदेशसभाको बैठक तत्काल बस्ने कुनै सम्भावना नदेखेको बताए ।

सम्बन्धित् समाचार