गृहपृष्ठ कपिलवस्तु बिशेष अध्यक्ष घिमिरेले भने- ‘१३ औं कपिलवस्तु महोत्सव सफलता पूर्वक सम्पन्न भयो’

अध्यक्ष घिमिरेले भने- ‘१३ औं कपिलवस्तु महोत्सव सफलता पूर्वक सम्पन्न भयो’

प्रकाशित मिति:

सागर वि.क., वैखरी अनलाईन ।

कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले १३ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी २०७९ सफलता पूर्वक सम्पन्न भएको बताएका छन् । महोत्सवलाई सफल बनाउन प्रत्यक्ष अप्रत्यक्ष रुपमा भूमिका निर्वाह गर्ने सम्पुर्णलाई धन्यवाद दिदैं उनले भने, ‘महोत्सव सफलता पुर्वक सम्पन्न भयो । अन्य महोत्सव भन्दा यस महोत्सवलाई पृथक भएको अनुभूति गरेका छौं ।’

महोत्सवका संयोजक समेत रहेका घिमिरले करिब एक लाख बढी दर्शक भित्रिएको जानकारी दिदैं ५ करोड बढीको आर्थिक कारोबार भएको बताए । उनले महोत्सवमा हस्तकलाको प्रदर्शनसंगै शैक्षिक प्रदर्शनी र कृषि प्रदर्शनीले महत्वपुर्ण स्थान पाएको बताए ।

स्थानीय तथा घरेलु उत्पादनको बजारीकरणमा यस महोत्सवले परिणामुखी भूमिका निर्वाह गरेको उनको भनाई छ ।

कपिलवस्तु उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा महोत्सवका निर्देशक छविरेस्मी मगरले १३ औं कपिलवस्तु महोत्सव ऐतिहासिक भएको दाबी गरे । महोत्सवमा दर्शकको उत्साहजनक सहभागिता देखिएको बताउँदै उनले भने, ‘महोत्सव फलदायी भएको छ । आयोजकले राखेको उद्देश्य हासिल भयो ।’

उनले यस क्षेत्रको उद्योग, व्यापार, पर्यटन, भेषभूषा, कला, संस्कृति, ऐतिहासिक स्थलको संरक्षण तथा प्रवद्र्धन गर्न महोत्सवले महत्वपुर्ण भूमिका निर्वाह गरेको बताए ।

महोत्सवको आयोजक संस्था रहेको कपिलवस्तु उद्योग बाणिज्य संघका महासचिव मनोज पौडेलले गायनतर्फको आईडलले देशभर देशभर सकारात्मक सन्देश प्रवाह गरेको बताए । महोत्सव अवधिभर मौसम समेत अनुकुल हुँदा महोत्सव संचालनमा कुनै कठिनाई आईनपरेको उनले बताए ।

गत माघ १७ गतेदेखि २९ गतेसम्म १३ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी भएको थियो ।

“सक्षम व्यवसायी, समुन्नत राष्ट्र र आत्मनिर्भर अर्थतन्त्र” भन्ने मूल नाराका साथ भएको उक्त महोत्सवको नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्घाटन गरेका थिए भने संघीय सांसद शंकर भण्डारीले समापन गरेका थिए ।

सम्बन्धित् समाचार