कपिलवस्तु ।
७३ औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा कपिलवस्तुमा बृक्षारोपण तथा सरसफाई कार्यक्रम गरिएको छ । जिल्ला प्रहरी कार्यालयको अगुवाईमा जिल्ला प्रहरी कार्यालयका हाता भित्र बिभिन्न प्रजातिको बिरुवाको बृक्षारोपण गरिएको हो । प्रहरी परिसरमा अमला, आप लगाएका बिरुवाहरु रोपिएको थियो ।

यस्तै तौलिहवा स्थित तालेश्वर महादेव मन्दिर र त्यस वरपर तथा सिद्धार्थ पार्कमा सरसफाई गरिएको प्रहरी नायब उपरिक्षक मीन बहादुर घलेले बताए । सरसफाई अभियानमा सामुदायिक प्रहरीको समेत सहभागीता रहेको थियो । शिवरात्रीको मेलामा मन्दिर परिसर फाहोर भएकोमा अभियान पछि भने सफा भएको सामुदायिक प्रहरीका अध्यक्ष देबी प्रसाद बर्माले बताए ।
प्रजातन्त्र दिवस मुल समारोह समितिका जिल्ला संयोजक तथा प्रजिअ शंकरहरि आचार्यले यस बर्ष कुनै औपरिक कार्यक्रम भने नगरिए पनि सरसफाई बृक्षारोपण, दिप प्रज्जवलन लगाययका काम गरी दिवस मनाइएको बताए ।









