गृहपृष्ठ Featured कपिलवस्तुमा साहित्यिक पर्यटकीय अवलोकन भ्रमण

कपिलवस्तुमा साहित्यिक पर्यटकीय अवलोकन भ्रमण

प्रकाशित मिति:

कपिलवस्तु ।

दधि–स्मृति साहित्य समाज कपिलवस्तुको आयोजनामा साहित्यिक पर्यटकीय अवलोकन भ्रमण सम्पन्न भएको छ । नेपाली साहित्यसंगै कपिलवस्तुका ऐतिहासिक स्थलको प्रचारप्रसार र कपिलवस्तुको नाम उचाइमा पुर्याउने उद्देश्यले देशका विभिन्न जिल्लाका साहित्यकारलाई  अवलोकन भ्रमण गराइएको हो ।

साहित्यकारले कपिलवस्तुका धार्मिक, ऐतिहासिक तथा पर्यटकीय क्षेत्रहरू तिलौराकोट, जगदीशपुर ताल, कुदान, लक्ष्मणघाट लगायतका दुई दर्जन बढी स्थलहरुको अवलोकन गरेका हुन् ।

सोमबार साँझ काव्य सन्ध्या होटल माछापुच्छ्रेको सभा हलमा गर्ने साहित्य समाजका अध्यक्ष लेखनाथ घिमिरेले जानकारी दिए ।

साथै अध्यक्ष घिमिरेले साहित्यप्रति रुचि राख्ने सम्पुर्ण साहित्यिक मनहरुलाई उपस्थितिको लागि हार्दिक आह्वान समेत गरेका छन् ।

सम्बन्धित् समाचार