गृहपृष्ठ Featured दुर्गा प्रसाईलाई पार्टीबाट निष्कासन गरिसक्यौं : एमाले सचिव

दुर्गा प्रसाईलाई पार्टीबाट निष्कासन गरिसक्यौं : एमाले सचिव

प्रकाशित मिति:

बुटवल ।

नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले पार्टीका केन्द्रीय सदस्य दुर्गा प्रसाईलाई पार्टीबाट निश्कासन गरिसकिएको बताएका छन् ।

पार्टीको नीति र सिद्धान्त विपरीत प्रसाईले संघीयता, गणतन्त्र र धर्म निरपेक्षताको विरुद्धमा आफूखुशी गतिविधि गरिरहेकाले पार्टीबाट निष्कासन गरेको बताए ।

पार्टीले सुरु गरेको मिसन ग्रासरुट अभियान अन्तर्गत रुपन्देहीमा जिल्लास्तरीय प्रशिक्षणलाई सम्बोधनका क्रममा उनले प्रसाईलाई सोमबार पार्टीले निर्णय गरेर कारवाही गरेको जानकारी गराए ।

‘पार्टीको केन्द्रीय सदस्य रहेका एकजनाले पूर्वतिरबाट के के नामको अभियान चलाएका छन्, त्यो संविधानले व्यवस्था गरेका उपलब्धी र एमालेको नीति सिद्धान्त विपरीत छन्’, विश्वकर्माले भने, ‘त्यसैले हिजो (सोमबार) नै पार्टीले उनलाई निष्कासन गरेको छ ।’

सम्बन्धित् समाचार