गृहपृष्ठ Featured रियालको लिभरपुलविरुद्ध शानदार पुनरागमन

रियालको लिभरपुलविरुद्ध शानदार पुनरागमन

प्रकाशित मिति:

साविक विजेता रियाल मड्रिडले मंगलबार शानदार पुनरागमन गर्दै च्याम्पियन्स लिगमा अन्तिम–१६ को पहिलो लेगमा लिभरपुललाई ५–२ ले पराजित गरेको छ ।

इङ्लिस प्रिमियर लिगको क्लब लिभरपुलले सुरुमै २–० को अग्रता लिन सफल भएको थियो । तर, उक्त अग्रता जोगाउन नसक्दा घरेलु मैदानमै पराजित हुनुपर्यो । जुन लिभरपुलको च्याम्पियन्स लिग इतिहासमै घरेलु मैदानमा यो सबैभन्दा खराब प्रदर्शन हो । लिरभपुल यसअघि २०१४ मा पनि रियालसँगै ३–० ले पराजित भएको थियो ।

एनफिल्डमा लिभरपुलले चौथो मिनेटमै डार्विन नुनेजको गोलबाट अग्रता लिन सफल भएको थियो । त्यसको दश मिनेट नवित्दै मोहम्मद सालाहले घरेलु टोलीको अग्रता दोब्बर बनाए । सालाहले रियालका गोलकिपर थिवाउट कोर्तोवाले गरेको गल्तिको फाइदा उठाउँदै गोल गरेका हुन् ।

२१औँ मिनेटमा भिनिसियस जुनियरको गोलबाट रियालले पुनरागमन गर्यो । भिनिसियस जुनियरले करिम बेन्जेमाको पासमा गोल गरेका थिए । ३६औँ मिनेटमा ब्राजिलियन फरवार्ड भिनिसियस जुनियर बराबरी गोल फर्काए ।

सम्बन्धित् समाचार