गृहपृष्ठ Featured दाहाल र यादवबीच भेटवार्ता

दाहाल र यादवबीच भेटवार्ता

प्रकाशित मिति:

काठमाडौँ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले राष्ट्रपति निर्वाचन र सम्भावित राजनीतिक समीकरणका विषयमा दलहरूसँग छलफल गरिरहेका छन् ।

त्यहीक्रममा सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा जसपाका अध्यक्ष यादवसहित शीर्ष नेताहरूसँग छलफल गरेका हुन् । भेटमा उपप्रधान एवम् भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठ र माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेसमेत सहभागी थिए ।

प्रधानमन्त्री दाहालले राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन गर्नुपर्ने अडान लिँदै आएका छन् भने कांग्रेसका सहित विपक्षमा रहेका दलहरूसँग समेत दाहाल निरन्तर संवादमा छन् ।

बुधबार बेलुका कांग्रेस सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरूसँग भेटेर विगतको निर्वाचनभन्दा अगाडिको पाँच दलीय गठबन्धन ब्युँताउने समझदारी गरेका दाहालले शक्ति बाँडफाँटका विषयमा दलहरूसँग संवाद गरिरहेका छन् ।

सम्बन्धित् समाचार