गृहपृष्ठ Featured हरेक क्षेत्रमा बीमाको पहुँच पुर्‍याउने लुम्बिनीका मुख्यमन्त्री गिरीको प्रतिबद्धता

हरेक क्षेत्रमा बीमाको पहुँच पुर्‍याउने लुम्बिनीका मुख्यमन्त्री गिरीको प्रतिबद्धता

रुपन्देही ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले विपन्न वर्गसहित हरेक क्षेत्रमा बीमाको पहुँच पुग्ने गरी बीमाको योजना बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयद्वारा आयोजित बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख अतिथि गिरीले कतिपय बीमा कम्पनीहरूले बीमितलाई बीमा दाबी भुक्तानी दिँदा दुःख दिने गरेको, नक्कली कागजातका आधारमा दाबी भुक्तानी दिने गरेको जस्ता गुनासाहरू आउने गरेको उल्लेख गर्दै त्यस्तो हुन नदिई बीमाप्रतिको विश्वास बढ्ने गरी प्राधिकरणले नियमनमा कडाइ गर्नुपर्ने बताएका हुन् ।

आज लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सभाकक्षमा आयोजना गरिएको कार्यक्रममा लुम्बिनी प्रदेशका आर्थिक मामिलामन्त्री जोखबहादुर महराले बीमाको पहुँच बढाउनका लागि बीमा कम्पनीहरूले पनि स्थानीय तहसँग समन्वय गरेर बीमा सम्बन्धी सचेतना फैलाउनुपर्ने सुझाव दिए ।

त्यस्तै लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री विष्णु प्रसाद पन्थीले नागरिकहरूलाई स्वास्थ्य बीमाको सेवा पाउन गाह्रो हुने गरेको उल्लेख गर्दै प्रदेश सरकारलाई विपद्का समयमा आर्थिक भार कम हुने, बीमितले बीमा कम्पनीबाट नै दाबी भुक्तानी पाउने र बीमा कम्पनीहरूको पनि व्यवसाय बढ्ने गरी बीमाको पहुँच बढाउन जोड दिनुपर्ने बताए ।

सम्बन्धित् समाचार