गृहपृष्ठ Featured सन्दीप लामिछानेले पाएनन् युएई जाने अनुमति

सन्दीप लामिछानेले पाएनन् युएई जाने अनुमति

काठमाडौं ।

नेपाली क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने युएई भ्रमणमा सहभागी हुन नपाउने भएका छन्। सर्वोच्च अदालतले सन्दीपलाई युएई भ्रमणको अनुमति नदिएको हो।

लामिछानले विश्वकप लिग-२ अन्तर्गतको खेलमा सहभागी हुन भन्दै बिहीबार सर्वोच्चमा रिट दायर गरेका थिए। नेपाल क्रिकेट संघ (क्यान)ले पनि सन्दीप टिमको महत्पूर्ण खेलाडी रहेको र विदेश लैजाने र ल्याउने जिम्मा आफूहरूले लिने भन्दै सर्वोच्च अदालतसमक्ष अपील गरेका थिए।

उक्त रिटमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलाशले सन्दीपलाई युएई भ्रमणको अनुमति नदिएको हो। नाबालिग बलात्कार अभियोग लागेका सन्दीपलाई जिल्ला अदालत काठमाडौंले विदेश भ्रमणमा रोक लगाउनेगरी धरौटीमा रिहा गरेको थियो।

महान्यायाधिवक्ता कार्यालय र बलात्कार अभियुक्त सन्दीप लामिछानेको निवेदन एकैसाथ राखेर १४ गतेलाई पेशी तोक्न सर्वोच्च अदालतले आदेश दिएको छ।

सम्बन्धित् समाचार