वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तुमा टिभिएसले एओजि राइड कार्यक्रम सम्पन्न भएको छ । शनिबार टिभिए मोटर्सको नेपालका लागि आधिकारिक आयातकर्ता तथा बितरक जगदम्बा मोटर्सको आयोजना र कपिलवस्तु क्षेत्रका लागि आधिकारिक बिक्रेता बाणगंगा अटो ट्रेडर्सको संयोजनमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

आज बाणगंगाको जितपुरदेखि जगदिशपुर तालसम्म एओजि राईड गरिएको जगदम्बाका रिजनल सेल्स अफिसर ईश्वरी पौडेलले जानकारी दिए । कपिलवस्तुमा बढ्दै गरेको टिभिएसको बजार अवस्थालाई हेरेर एओजि राईड संचालन गरिएको उनको भनाई छ ।
जितपुरमा टिभिएसको आधिकारिक बिक्रेताको रुपमा काम गरेको ६ बर्ष पुरा भएको र यो मायावधिमा यस किसिमको राईड सम्पन्न गराउन पाउँदा आफुहरु हर्षित भएको उद्योग बाणिज्य संघ कपिलवस्तुका महासचिव समेत रहेका बाणगंगा अटो ट्रेडर्सका संचालक मनोज पौडेलले बताए । उनका अनुसार एओजि राईड अपाचे बाईक राईडरहरुको कम्युनिटि बिल्डिङ्ग गर्नको लागि भनेर तयार गरिएको संस्था हो । यसमा अपाचेका राईडरहरु मात्रै समावेश हुन पाउँछन् ।

लुम्बिनी क्षेत्रका एओजि मार्सल आयुस नेपालको नेतृत्वमा जितपुर देखि जगदिशपुर तालसम्म सौहार्दपुर्ण वातावरणमा एओजि राईड सम्पन्न भएको हो ।
आज सम्पन्न पहिलो राईडबाट हौसिएका राईडरहरुले नाईट राईडको लागि आग्रह समेत गरेका संचालक मोहन न्यौपानेले बताए । उक्त आग्रहलाई आफुहरुले सकारात्मक रुपमा लिएको उनले बताए ।
हाल नेपाली बजारमा अपाचेको ५ वटा सिरिज बिक्रि भई रहेका छन भने १६० सिसि सेगमेन्टकै पहिलो मोड भएको बाईकमा अपाचे बिएस पर्दछ ।
हाल मात्रै एओजिको अन्तराष्ट्रिय मार्कि राईड नेपालदेखि भारतको गोवासम्म नौ जना राईडर सहितको टिम ६५०० किमि यात्रामा रहेको छ ।








