गृहपृष्ठ Featured कपिलवस्तुमा १६ किलो चरेशसहित एक जना पक्राउ

कपिलवस्तुमा १६ किलो चरेशसहित एक जना पक्राउ

तौलिहवा ।

कपिलवस्तुमा १६ किलो लागुऔषध चरेशसहित एक जना पक्राउ परेका छन् । जिल्लाको शिवराज नगरपालिका- ९ का
मेघराज घर्तीलाई घरबाट लागुऔषधसहित पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक मीन बहादुर घलेले जानकारी दिए ।

प्रहरीले गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय चन्द्रौटा र इलाका प्रहरी कार्यालय सुन्दरीडाँडाको संयुक्त रूपमा खटिएको टोलीले लागुऔषध बरामद गरेको हो ।

घर्तीमगरलाई पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले चालु आर्थिक वर्षको हालसम्म ब्राउन सुगर एक सय ९९ ग्राम नौ सय १८ मिलिग्राम, चरेश २१ किलो सात सय ७९ ग्राम, अफिम १५ किलो पाँच सय ६० ग्राम, नाईट्राभेट तीन सय १३ ट्याब्लेट, स्पास्मो एक सय ६४ क्यापसुल, गाँजा छ सय ६२ ग्राम र विइन्डलास एम एल बरामद गरिएको प्रहरी नायव उपरीक्षक घलेले बताए ।

उनका अनुसार उक्त घटनाहरूमा संलग्न ५० जना पुरुष र ५ जना महिलालाई पक्राउ गरिएको छ ।

सम्बन्धित् समाचार