गृहपृष्ठ Featured रोल्पामा गोठमा आगलागी हुँदा एक जनाको मृत्यु

रोल्पामा गोठमा आगलागी हुँदा एक जनाको मृत्यु

प्रकाशित मिति:

रोल्पा ।

रोल्पाको सुनिलस्मृति गाउँपालिकाको चिन्ने गाउँस्थित गोठमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार आइतबार राति साढे ११ बजे सुनिलस्मृति–८ चिन्नेका भूपनारायण घर्तीमगरको गोठमा आगलागी हुँदा मानिसको जलेको शव फेला परेको हो ।

प्रहरीले राति गोठमा आगलागी भएपछि सहयोगका लागि पुगेका गाउँलेहरुले जलेको शव फेला पारेको जनाएको छ ।

गोठको अर्को कोठामा वस्तुभाउलाई राखिएको थियो । वस्तुभाउलाई भने जोगाइएको छ । घटना हुँदा गोठ मालिक नभएकाले जलेर मृत्यु भएका व्यक्तिबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

आगलागी हुने क्रममा गोठ मालिक भूपनारायण भारत गएको, उनकी श्रीमति काम विशेषले नवलपरासी गएको प्रहरी अनुसन्धानमा उल्लेख गरिएको छ ।

सम्बन्धित् समाचार