गृहपृष्ठ Featured पोग्बा फर्किएको खेलमा टोरिनोमाथि युभेन्टसको जित

पोग्बा फर्किएको खेलमा टोरिनोमाथि युभेन्टसको जित

पाउल पोग्बाले क्लबसँग अनुबन्ध भएको झन्डै एक वर्षपछि पहिलोपटक खेलेको खेलमा युभेन्टसले मंगलबार राति इटालियन सिरी ‘ए’मा टोरिनोलाई ४–२ ले हराएको छ ।

फ्रान्सका मिडफिल्डर पोग्बाले पछिल्लोपटक १९ अप्रिल २०२२ मा म्यानचेस्टर युनाइटेड र लिभरपुलबीचको खेल खेलेका थिए । त्यसपछि पिडौँलाको चोटका कारण मैदान बाहिर रहेका पोग्बाले ३१५ दिनपछि खेलमा फर्किएका हुन् ।

गत जुलाईमा युभेन्टससँग अनुबन्ध भएपछि पोग्बाको घुँडामा चोट लागेको थियो । उनको घुँडाको शल्यक्रिया गर्नुपरेको थियो । गएराति पोग्बा ६८औँ मिनेटमा मैदान छिरेका थिए । उनले इन्जो बारेनेचालाई प्रतिस्थापन गरेका थिए ।

पुनः इटालियन क्लब फर्किएपछि पोग्बाले यो पहिलो खेल हो । यसअघि पोग्बा युभेन्टसबाटै २०१५/१६ मा ८ करोड ९० लाख पाउण्डमा म्यानचेस्टर युनाइटेडसँग अनुबन्ध भएका थिए । युनाइटेडबाट उनी पुनः युभेन्टस फर्किएका हुन् ।

गएराति पाहुना टोली टोरिनोले दोस्रो मिनेटमै यान कारामोको गोलबाट अग्रता लिएको थियो । १६औँ मिनेटमा युभेन्टसका जुवान क्वाड्राडोले बराबरी गोल फर्काएका थिए । ४३औँ मिनेटमा एन्टोनियो सानाब्रियाले गरेको गोलबाट टोरिनोले पुनः अग्रता लियो । पहिलो हाफको इन्जुरी समयमा युभेन्टसका ड्यानिलोले बराबरी गोल फर्काए ।

सम्बन्धित् समाचार