गृहपृष्ठ Featured पोग्बा फर्किएको खेलमा टोरिनोमाथि युभेन्टसको जित

पोग्बा फर्किएको खेलमा टोरिनोमाथि युभेन्टसको जित

प्रकाशित मिति:

पाउल पोग्बाले क्लबसँग अनुबन्ध भएको झन्डै एक वर्षपछि पहिलोपटक खेलेको खेलमा युभेन्टसले मंगलबार राति इटालियन सिरी ‘ए’मा टोरिनोलाई ४–२ ले हराएको छ ।

फ्रान्सका मिडफिल्डर पोग्बाले पछिल्लोपटक १९ अप्रिल २०२२ मा म्यानचेस्टर युनाइटेड र लिभरपुलबीचको खेल खेलेका थिए । त्यसपछि पिडौँलाको चोटका कारण मैदान बाहिर रहेका पोग्बाले ३१५ दिनपछि खेलमा फर्किएका हुन् ।

गत जुलाईमा युभेन्टससँग अनुबन्ध भएपछि पोग्बाको घुँडामा चोट लागेको थियो । उनको घुँडाको शल्यक्रिया गर्नुपरेको थियो । गएराति पोग्बा ६८औँ मिनेटमा मैदान छिरेका थिए । उनले इन्जो बारेनेचालाई प्रतिस्थापन गरेका थिए ।

पुनः इटालियन क्लब फर्किएपछि पोग्बाले यो पहिलो खेल हो । यसअघि पोग्बा युभेन्टसबाटै २०१५/१६ मा ८ करोड ९० लाख पाउण्डमा म्यानचेस्टर युनाइटेडसँग अनुबन्ध भएका थिए । युनाइटेडबाट उनी पुनः युभेन्टस फर्किएका हुन् ।

गएराति पाहुना टोली टोरिनोले दोस्रो मिनेटमै यान कारामोको गोलबाट अग्रता लिएको थियो । १६औँ मिनेटमा युभेन्टसका जुवान क्वाड्राडोले बराबरी गोल फर्काएका थिए । ४३औँ मिनेटमा एन्टोनियो सानाब्रियाले गरेको गोलबाट टोरिनोले पुनः अग्रता लियो । पहिलो हाफको इन्जुरी समयमा युभेन्टसका ड्यानिलोले बराबरी गोल फर्काए ।

सम्बन्धित् समाचार