गृहपृष्ठ कपिलवस्तु बिशेष बाणगंगाको महावनमा महासमय सुत्त पाठ गर्न थाईल्याण्डबाट आए उपासक-उपासिका

बाणगंगाको महावनमा महासमय सुत्त पाठ गर्न थाईल्याण्डबाट आए उपासक-उपासिका

कपिलवस्तु ।

बौद्धधर्ममा महत्वपूर्ण मानिएको वाणगंगा नगरपालिका ८, बालाकण्ठ बराजु स्थित महावनमा महासमय सुत्त पाठ गर्न थाईल्याण्डबाट भिक्षु, उपासक उपासिकाहरु आएका छन् । थाईल्याण्डका लम्फुन, लम्पाङ र महेङसोङ प्राप्तका पूर्व गर्भनर (प्रदेश प्रमुख) डा. डिरेक कोनक्लेभ नेतृत्वमा आएको टोलीले महासमयसुत्त पाठ गरेका छन् ।

भगवान गौतम बुद्धले ज्ञान प्राप्त गरेर १५ वर्ष पछि आएका बेला रोहिणी नदीको पानीको विषयलाई लिएर कोलिय र शाक्यहरु बिच झगडा भईरहेका बेला उनीहरुलाई संझाई बुझाई महासमय सुत्त पाठ देशना गरिएको थियो ।

बुद्धको जीवनकालमा एक पटक मात्र देशना गरिएको उक्त सुत्त कपिलवस्तुको महावनमा जेष्ठ पूर्णिमाका दिन प्रवचन दिएको बौद्ध ईतिहासमा उल्लेख छ । थाईल्याण्डका विभिन्न ५ प्रान्तबाट आएका ५० जना भिक्षु, बौद्ध धर्मावलम्बी र उपासक उपासिका आएका हुन् । टोलीमा थाईल्याण्डका ठूला ब्यापारी, सेवा निबृत्त सेनाका मेजर, चिकित्सक सरकारी कर्मचारी रहेका छन् ।

मधुवनधाम स्थित सारिपुत्र फाउण्डेसनद्वारा संचालित महावन बौद्ध विहारले संयोजन गरेर उनीहरुलाई यहा ल्याईएको हो ।

बुद्धले महावनमा १० हजार चक्रवर्ति देवीदेवता र २ सय ५० कोलिय र २ सय ५० शाक्य राज्यका भिक्षुलाई महासमय सुत्त देशना गरेका थिए । देशनापछि ५ सय भिक्षु अरहन्त (बोधी ज्ञान प्राप्त) बनेको बौद्ध साहित्यमा उल्लेख भएको भिक्षु सुमंगलोले बताए । ‘यस्तो महत्वपूर्णस्थलको महिमा आफूले थाईल्याण्डका नागरिकलाई बताएपछि उनीहरु यहा आउन उत्साहित भएको उनले बताए ।

समय मिलाएर आए उनले भने ओझेलमा रहेको ठाउ थाईल्याण्डभरि प्रचार हुन सहयोग पुग्यो । यस्ले यहाको पर्यटन प्रबद्र्धनमा टेवा पुग्छ उनले भने । थाईहरु यहा आउन लालयीत हुन्छन् । उनीहरुले सुत्त पाठगरेपछि विश्व शान्तिको प्रार्थना गरेका थिए ।

बुद्धले देशना गरेकै ठाउमा आएर सुत्त पाठ गर्न पाउदा धेरै धार्मिक पुण्य संचय गरेको सुश्री जीनताना लम्फुनले बताईन् । यस्ले राम्रै धर्मचच्छु पलायो उनले भनिन् समाज र परिवारकालागि खर्चिन्छु ।

सम्बन्धित् समाचार