गृहपृष्ठ कपिलवस्तु बिशेष सेवाग्राहीसंगै लाईनमा बसेर सेवा प्रवाह गर्दै बाणगंगाका वडाध्यक्ष रेस्मी

सेवाग्राहीसंगै लाईनमा बसेर सेवा प्रवाह गर्दै बाणगंगाका वडाध्यक्ष रेस्मी

प्रकाशित मिति:

सागर वि.क., वैखरी अनलाईन ।

वडाध्यक्ष प्रायः आफ्नो कार्यकक्षमा भेटिन्छन् र सोही कार्यकक्षबाट कार्यसम्पादन गर्छन्, तर बाणगंगा नगरपालिका- ४ का वडाध्यक्ष छविरेस्मी मगर भने वडा कार्यालयमा आउने सेवाग्राहीसंगै लाईनमा भेटिन्छन् । जसले गर्दा सेवाग्राही नै अचम्म मान्दै भन्छन् ‘वडाध्यक्ष पनि लाईनमा !’

उनीहरुले अचम्म मान्नु पनि स्वाभिक हो किनभने यस्तोे वडाध्यक्ष पाउन मुस्किल छ । जसले कागजात पुरा भएका कुनै सिफारित तथा सम्बन्धित फाईलहरु पाँच मिनेट पनि रोक्दैनन् ।

‘गाउँगाउँमा सिंहदरबार’ भन्ने भनाईलाई सार्थक तुल्याउँदै स्थानीय सरकार भएको पुर्णरुपमा अनुभूति गराउन आफु अहोरात्र वडावासीको सेवामा लागि परेको वडाध्यक्ष रेस्मीले बताए । जनप्रतिनिधिप्रतिको नकारात्मक दृष्टिकोणमा परिवर्तन ल्याउन हरेक जनप्रतिनिधि जनताको शासक नभई सेवक भएर काम गर्नुपर्ने उनको भनाई छ । ‘पछिल्लो समय जनप्रतिनिधिप्रति सबैको नकारात्मक सोच चिन्तन देखिन्छ,’ उनले भने, ‘यो परिवर्तन गर्न आवश्यक छ । यसका लागी जनताको शासक नभई सेवक भएर काम गर्नुपर्नुपर्छ ।’

वडामा सेवाग्राही आईसकेपछि उनीहरुलाई सन्तुष्टि बनाई पठाउनुपर्ने बताउँदै उनले भने, ‘वडावासीको काम छिटो छरितो गर्न प्रतिवद्ध छु ।’ एक वडाध्यक्षमा हुनुपर्ने सबै गुणले वडाध्यक्ष रेस्मी पुर्ण रहेको बताउँदै एक सेवाग्राहीले भने, ‘हामीले जुन विश्वास गरेर वडाध्यक्षमा जितायौं । अहिले त्यो विश्वास थप बढेर गएको छ ।’

वडाध्यक्ष रेस्मी प्रायः विहानको समयमा वडावासीको घरदैलोमा समेत पुग्ने गरेका छन् । सो क्रममा उनले सबैका गुनासो तथा असन्तुष्टि सुन्ने गर्छन् ।

ती गुनासो तथा असन्तुष्टिको स्तरलाई ५ बर्षको आफ्नो कार्यकालमा सम्बोधन गर्ने वडाध्यक्ष रेस्मीले दाबी गरे । ‘मलाई वडावासीको जीवनशैली कसरी चलेको छ ? उनीहरुको वडाध्यक्षसंग अपेक्षा के छ  ? गुनासो के छ ? भन्ने जस्ता कुरा जन्न बुझ्न मन पर्छ,’ उनले भने, त्यसैले म समय मिल्दा वित्तिकै वडावासीको घरदैलोमा पुग्ने गर्छु ।’

सम्बन्धित् समाचार