किरणमान बज्राचार्य, कपिलवस्तु ।
कपिलवस्तुको बुद्धभुमी नगरपालिकाको बुढ्ढी खेल मैदानमा जिल्ला स्तरीय १३ औ राष्ट्रपति रनिङ शील्ड प्रतियोगीता सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति र बुद्धुभुमी नगरपालिकाद्धारा आयोजित प्रतियोगीताको सांसद सुरेन्द्रराज आचार्यले उदघाटन गर्दै खेलकुदको बिकासमा तीन तहका सरकारले ध्यान दिनु पर्ने बताए ।
उनले खेलकुद मार्फत जिल्लाको पहिचान स्थापित गराउन यस क्षेत्रमा लगानी समेत बढाउनु पर्ने बताए । उनले आफुले जिल्लाको खेलकेुदको विकासमा बजेट बिनियोजन गराउन सरकारसंग ध्यानाकषर्ण गराउने बताए । सो अवसरमा लुम्बिनी प्रदेश सदस्य सुधाकर पाण्डेयले खेलकुदको विकासमा पालिकालहरुले समेत ध्यान दिनु पर्ने बताए ।
उनले जिल्लाको खेलकुदको समग्र विकासकालागि आफुले प्रदेशमा पलह गर्ने प्रतिबद्धता ब्यक्त गरे । उदघाटन सत्रमा खेलाडीहरुले मार्च पास गरको थिए । यस्तै सो अवसरमा करातेका खेलाडीले साहासिक प्रर्दशन गरको थिए । थारु समुदायले मयुर नाचले स्वागत गरेका थिए । ३ दिन सम्म चल्ने प्रतियोगीतामा ७ पालिकाका बिद्यर्थीहरु सहभाग्ी रहेको खेलकुद विकास समितिका सदस्य सदस्य सचिव मीन प्रसाद पोख्रेलले बताए ।
प्रथम हुनेलाई शील्ड सहीत नगद ५० हजार द्धितीयलाई ३० हजार र तुतीयलाई २० हजार प्रदान गरिनेछ । यस्तै मार्च पासमा उत्कृष्ठ हुने टीमलाई १० हजार नगद प्रदान गरिनेछ । प्रतियोगीतामा भलीबल, टाईकान्डो, कराते, उसु, कबर्दी र एथलेटिक्सका खेलको प्रतिस्पर्धा हुनेछ । प्रतियोगीताकालागि कुल ४ लाख बजेट आएको र सोही बजेटमा प्रदेशमा हुने प्रतियोगीलाई समेत सहभागी हुनलाई ब्यवस्था गर्नु पर्ने पोख्रेलले बताए । टेन्ट र नगद पुरस्कारको ब्यवस्था भने बुद्धुभुमी नगरपालिकाले गरको समतिका अध्यक्ष राजेश उपाध्ययाले बताए ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षता, बासुदेव घिमिरेको संचालनमा भएको कार्यक्रममा बुद्धुभुमी नगरपालिकाका मेयर केवश कुमार श्रेष्ठ, बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्याल सहायक प्रजिअ अनिल पौडेल, उप सचिव लिल बहादुर राउत लगायतले स्वागत मन्तब्य दिएका थिए ।







