गृहपृष्ठ Featured चन्द्रौटामा ट्राफिक व्यवस्थापनका लागी सामग्री हस्तान्तरण

चन्द्रौटामा ट्राफिक व्यवस्थापनका लागी सामग्री हस्तान्तरण

चन्द्रौटा ।

जिल्लाको शिवराज नगरपालिकाले ट्राफिक प्रहरी चन्द्रौटालाई ट्राफिक व्यवस्थापनका लागी सामग्री हस्तान्तरण गरेको छ । नगरपालिकाले ४७ हजार रुपैयाँ बराबरको सामग्री हस्तान्तरण गरेको हो ।

शिवराजका नगर प्रमुख अजय थापाले चन्द्रौटा बजार क्षेत्रमा अस्तव्यस्त सवारी पार्किङ भएको भन्दै त्यसलाई व्यवस्थापन गर्न सामग्रस् हस्तान्तरण गरिएको बताए ।

नगरपालिकाले सार्वजनिक सूचना जारी गरी सडक अतिक्रमणको पहल थालेको र बजारलाई थप व्यवस्थापन गर्न यस्तो कदम चालिएको उनले बताए ।

अब प्रत्येक विद्यालयका बालबालिकाहरुलाई ट्राफिक व्यवस्थापनका लागि नगरपालिका र ट्राफिक प्रहरीको सहयोगमा ट्राफिक सचेतना कार्यक्रम छिट्टै संचालन गरिने उनले बताए ।

सम्बन्धित् समाचार