गृहपृष्ठ कपिलवस्तु बिशेष कपिलवस्तुमा होलीलाई लक्षित गरि सुरक्षा व्यवस्था कडा

कपिलवस्तुमा होलीलाई लक्षित गरि सुरक्षा व्यवस्था कडा

प्रकाशित मिति:

कपिलवस्तु ।

कपिलवस्तुमा प्रहरीले होली पर्वलाई लक्षित गरि सुरक्षा व्यवस्थालाई कडा बनाएको छ । होलीको अवसरमा हुन सक्ने उच्छृङ्खल गतिविधि रोक्न कपिलवस्तु प्रहरीले सुरक्षा व्यवस्थालाई कडा बनाएको जनाएको हो । होली पर्वलाई मर्यादित र व्यवस्थित बनाउन सुरक्षा व्यवस्थालाई थप कडा पारिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरिक्षक प्रेम बस्नेतले दाबी गरे ।

उनले सभा तथा कार्यक्रमहरू गरी भिडभाड गर्ने, जबर्जस्ती रङ्ग तथा पानीका लोला हान्ने, गहना लुट्ने जस्ता उच्छृङ्खल गतिविधि हुन सक्ने भएकाले त्यस्ता गतिविधि हुन नदिन सुरक्षा व्यवस्था कडा बनाईएको उनको भनाई छ ।

उनका अनुसार जिल्लाका विभिन्न स्थानमा होली पर्वलाई लक्षित गर्दै प्रहरी खटाईएको छ । सुरक्षा व्यवस्थाका लागि आवश्यकता अनुसार चेक प्वइन्टहरु थप्दै जाने र उच्छृङ्खल गतिविधि गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउन प्रहरी प्रतिबद्ध रहेको उनले बताए ।

उनले जिल्लाभारका इलाका प्रहरी कार्यालय र प्रहरी चौकीलाई समेत गस्ती गर्न निर्देशन दिइएको बताए । होलीमा मदिराको उत्पादन र प्रयोग पनि बढ्न सक्ने हुँदा त्यसलाई मध्यनजर गरी सुरक्षा व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले फागु पूर्णिमाको अवसरमा सभ्य र मर्यादित ढङ्गले सुरक्षित रूपमा घर परिवार, साथीभाइमै होली पर्व मनाउन आग्रह गर्दै कहीँ कतै अमानवीय गतिविधि भएमा एक सय नम्बरमा सम्पर्क गर्न अपिल गरेको छ ।

सम्बन्धित् समाचार