वैखरी अनलाईन, बाणगंगा ।
बाणगंगा नगरपालिकाकी उपप्रमुख रिता कुमारी चौधरीले अधिकारका लागि महिला एकता आवश्यक रहेको बताएकी छिन् ।
बुधबार ११३औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नगरपालिकाले अयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख चौधरीले महिला एकजुट भए मात्र सफल हुने बताउँदै भनिन्, ‘संविधानमा महिलाका हक अधिकारको सुनिश्चिता भयो, तर संविधानले परिकल्पना गरेअनुसारको उपलल्धि हासिल हुन सकेन् । अब यसका लागी महिला एकता आवश्यक छ ।’
राजनीतिक रूपमा परिवर्तन देखिए पनि आर्थिक, सामाजिक र सांस्कृतिक रूपमा विद्यमान विभेद र असमानताको अन्त्य गर्न महिलाहरू थप सशक्त र जागरुक भएर अगाडि बढ्नुपर्ने आजको आवश्यकता रहेको उनले बताईन् ।
उनले प्रविधि र सूचना पहुँचमा महिला अग्रसरता आवश्यक भएको बताईन् । शिक्षामा पहुँच सहज बनाउने हो भने महिलाका लागि कोटा प्रणाली आवश्यक नपर्ने उनको भनाई थियो । महिलाहरूको संघर्षका कारण परिवर्तन सम्भव भएको उनको भनाई छ ।