गृहपृष्ठ Featured राष्ट्रपति निर्वाचनमा भोट नहाल्ने राप्रपाको निर्णय

राष्ट्रपति निर्वाचनमा भोट नहाल्ने राप्रपाको निर्णय

प्रकाशित मिति:

काठमाडौँ  । 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राष्ट्रपति निर्वाचनमा सहभागी नहुने भएको छ । राष्ट्रपति चयनका लागि बिहीबार हुने निर्वाचनमा कुनै पनि उम्मेदवारलाई भोट नहाल्ने निर्णयमा राप्रपा पुगेको हो ।

राप्रपाको बुधबार बसेको केन्द्रीय समितिको बैठकले राष्ट्रपति चुनावमा कुनै पनि उम्मेदवारलाई भोट नहाल्ने निर्णय गरेको प्रचार विभाग प्रमुखसमेत रहेका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

राप्रपा केन्द्रीय समितिमा राष्ट्रपति निर्वाचनमा भोट हाल्न नहुने मत बलियो भएपछि यो निर्णय आएको हो । राप्रपाले राजसंस्था पुन:स्थापनाको माग गर्दै आएको छ । राजसंस्था पुन:स्थापना मुख्य राजनीतिक ऐजेन्डा बनाउने दलले गणतन्त्रको प्रतीक मानिने राष्ट्रपतिमा मतदान गर्नु राजनीतिक कार्यदिशाभन्दा फरक हुने मत पार्टीभित्र प्रभावी भएपछि यो निर्णय आएको हो ।

सम्बन्धित् समाचार