गृहपृष्ठ Featured सुनको मूल्य तोलामा ५०० रुपैयाँ घट्यो

सुनको मूल्य तोलामा ५०० रुपैयाँ घट्यो

प्रकाशित मिति:

काठमाडौं ।

नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५०० रुपैयाँ घटेको छ ।

आज छापावाल सुन प्रतितोला एक लाख एक हजार रुपैयाँमा कारोबार भइरहेको छ । गत कारोबार दिन बुधबार एक लाख एक हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुनको मूल्य तोलाको एक लाख ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य तोलाको एक हजार २२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सम्बन्धित् समाचार