गृहपृष्ठ कपिलवस्तु बिशेष बाणगंगामा अब मंगलबार पनि बजार खुल्ने

बाणगंगामा अब मंगलबार पनि बजार खुल्ने

प्रकाशित मिति:

वैखरी अनलाईन, बाणगंगा ।

बाणगंगा नगरपालिकाका बजार क्षेत्र अब मंगलबार पनि खुल्ने भएका छन् । बाणगंगामा हालसम्म साप्ताहिक रुपमा मंगलबार बजार बन्द हुने गरेको थियो । कपिलवस्तु उद्योग बाणिज्य संघको आज विहिबार बसेको बैठकले हाललाई साप्ताहिक रुपमा गर्दै आएको मंगलबार बजार बन्द स्थगित गर्ने निर्णय गरेको हो ।

देशमा देखा परेको अर्थतन्त्रको वर्तमान अवस्थाका कारण उद्योगी व्यवसायीलाई परेको आर्थिक असहजता, घर वहाल बैंक तथा वित्तिय संस्थाको व्याजदर समेत बुझाउन असमर्थ हुने अवस्था सृजना भएककाले यस्तो निर्णय गरिएको कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले बताए । अहिलेको आर्थिक मन्दि तथा यस क्षेत्रका उद्योगी व्यवसायीको हकहितलाई ध्यानमा राखेर नै बजार खुला गर्ने निष्कर्षसहित निर्णय गरिएको उनले दाबी गरे ।

बजार बन्द सम्बन्धी प्रभाव तथा व्यवस्थापन कार्यविधि बनाइसके पछि पुःन बजार बन्दलाई निरन्तरता दिने निर्णय भएको महासचिव मनोज पौडेलले वैखरीलाई जानकारी दिए । यस्तो निर्णयले आर्थिक मारमा परेका यस क्षेत्रका व्यवासायीहरुले केही राहत गर्ने उनले विश्वास समेत व्यक्त गरे ।

सम्बन्धित् समाचार