गृहपृष्ठ Featured फलहारी बाबा बहुमुखी क्याम्पसमा नेविसंघबाट सभापतिमा राकेश यादवको उम्मेदवारी

फलहारी बाबा बहुमुखी क्याम्पसमा नेविसंघबाट सभापतिमा राकेश यादवको उम्मेदवारी

प्रकाशित मिति:

महाराजगंज, वैखरी अनलाईन ।

जिल्लाको महाराजगंज नगरपालिका- १ मा अवस्थित फलहारी बाबा बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्वका लागि नेपाल विधार्थी संघबाट राकेश यादवले उम्मेदवारी दर्ता गराएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनअन्तर्गत शनिबार यादवले सभापतिमा उम्मेदवारी दर्ता गराएका हुन् ।

यस्तै नेविसंघको तर्फबाट सचिवमा निजामुद्दिन तेली, कोषाध्यक्षमा ज्योती कुमारी चौधरीले उम्मेदवारी दर्ता गराएका छन् भने सदस्यहरुमा, रुपेश कुर्मी, तनुपा कुमारी चौधरी र सिर्जना कुमारी कुर्मीले उम्मेदवारी दिएका छन् ।

भोली उम्मेदवारको नामावलीमाथि दावी–विरोध गर्ने, छानबिन गरी नामावली सार्वजनिक गर्ने कार्यतालिका छ ।

त्यस्तै, पर्सी उम्मेदवारको अन्तिम नामावली सार्वजनिक भएसँगै चुनावी प्रचारप्रसारको बाटो खुल्नेछ । आगामी बिहीबार राती १२ बजेसम्म मात्र प्रचार प्रसार गर्न पाइने जनाइएको छ । स्ववियु निर्वाचनको मतदान ५ चैतमा बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म हुनेछ ।

सम्बन्धित् समाचार