गृहपृष्ठ Featured पाल्पामा टिप्पर दुर्घटना : चालकको मृत्यु, एक घाइते

पाल्पामा टिप्पर दुर्घटना : चालकको मृत्यु, एक घाइते

पाल्पा ।

पाल्पाको माथागढी गाउँपालिका–६ रहवासमा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा रुपन्देही तिलोत्तमा नगरपालिका–११ गणेशनगरका ४० वर्षीय विष्णु गुरुङ्ग रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरक्षिक तथा प्रवक्ता वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

आइतबार बिहान माथागढी–६ चिलेपानीस्थित झडेवा–रहवास भित्री कच्ची सडक खण्डमा गोठादीबाट रहबासमा रहेको पाल्पा सिमेन्टको चुनढुंगा खानीतर्फ जाँदै गरेको लु २ ख ११९६ नम्बरको टिपर दुर्घटना हुँदा चालक गुरुङ्गको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा अर्को एक जना घाइते भएका छन् । टिपरमा सवार माथागढी गाउँपालिका–४ झडेवा बस्ने ५० वर्षीय हुमबहादुर परियार घाइते भएका हुन् । उनलाई उपचारका लागि तानसेन ल्याइएको प्रहरीले जनाएको छ । घाइते परियारको खुट्टामा चोट लागेको र अवस्था मध्यम रहेको छ ।

टिपर सडकबाट ४० मिटर तल खसेको छ ।

सम्बन्धित् समाचार