गृहपृष्ठ Featured सिन्धुलीमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु

सिन्धुलीमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु

काठमाडौ ।

सिन्धुलीको फिक्कल गाउँपालिका–४ मा बस दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । अरू केही यात्री घाइते भएका छन् ।

वाग्मती प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी दीपक थापाका अनुसार आइतबार बिहान ओखलढुंगाबाट काठमाडौंतर्फ आउँदै गरेको बस दुर्घटनामा परेको हो । मृतकको सनाखत हुन बाँकी छ ।

बा२ख ६५९६ नम्बरको बस सडकको भित्तामा ठोक्किएको र उद्धारकार्य जारी रहेको डीआईजी थापाले जानकारी दिए ।

उद्धारकार्यमा नेपाली सेना, नेपाल प्रहरी सक्रिय छन् ।

सम्बन्धित् समाचार