गृहपृष्ठ Featured चौथो मेयर कपको उपाधिका लागी भोलि वडा नम्बर १ र २ भिड्दै

चौथो मेयर कपको उपाधिका लागी भोलि वडा नम्बर १ र २ भिड्दै

प्रकाशित मिति:

सागर वि.क., वैखरी अनलाईन ।

बाणगंगा नगरपालिकामा जारी चौथो मेयर कपको उपाधिको लागी बुधबार वडा नम्बर १ र २ भिड्ने भिड्दै छन् । सोमबार भएको सेमिफाईनल खेलपछि वडा नम्बर १ र २ फाईनल खेल खेल्ने पक्का भएको हो ।

वडा नम्बर २ र १० बीच भएको पहिलो सेमिफाईनल खेलमा वडा नम्बर १० लाई २–० गोलअन्तरले हराउँदै वडा नम्बर २ फाईनलमा पुगेको हो । वडा नम्बर २ लाई मनिष पुनले खेल सुरु भएको १९ औं मिनेटमा नै अग्रता दिलाएका थिए । सो अग्रतालाई गणेश पुनले ४ मिनेटको अन्तरमा गोल गरेर दोब्बर बनाए ।

मनिष र गणेशको गोलनै फाईनलमा पुग्न वडा नम्बर २ लाई पर्याप्य भयो । यस्तै वडा नम्बर १ र ४ बीच भएको दोस्रो रोमाञ्चक सेमिफाईनल खेलमा वडा नम्बर १ ले जित हासिल गर्दै वडा नम्बर २ संगको भेट पक्का गर्यो । निर्धारित समयमा कुनै पनि टिमले गोल नगरेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । जसमा वडा नम्बर एक ३−२ ले विजयी भएको हो । वडा नम्बर ४ ले निर्धारित समयमै गोल गर्ने अवसर पाए पनि ती अवसरलाई गोलमा परिणत गर्न सफल हुन सकेन् ।

वडा नम्बर १ र २ बीचको फाईनल खेल चैत्र १ गते हुने नगर खेलकुद विकास समितिका संयोजक पदम सेनले जानकारी दिए । उनका अनुसार मेयर कपको उपाधि जित्नेले नगद रु. एक लाखसहित शिल्ड, मेडल र प्रमाण पत्र पाउने छ भने द्धितीय हुनेले नगद रु.७५ हजारसहित मेडल र प्रमाण पत्र पाउने छ ।

सम्बन्धित् समाचार