कपिलवस्तु ।
दाङका मौरी पालक कृषकहरु मोरी चराउन कपिलवस्तुका बिभिन्न स्थानमा आएका छन । कृषक भरत ओली सहीतका टोली मौरी चराउन कपिलवस्तुका बिभिन्न स्थानमा आएका हुन । १ सय ६५ घार सहित ओली कपिलवस्तुको महाराजगंज नगरपालिका वडा नम्बर २ बरगदी गाउ नजिक आएका हुन । मौरी ल्याएका मौरी पालक कृषक भरत ओली दिनभर मौरी चराउन व्यस्त छन्।
तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ का ओलीले यस क्षेत्रमा मौरीलाई प्रशस्त मात्रामा चरन क्षेत्र भएका कारण आफुहरु मौरी चराउन आएको बताए । मौरी पालन नै मुख्य पेशा बताउने उनले आफु यसैमा रमाउने गरेको बताए । तोरीको सिजन भएकाले आफु्हरु यहा मौरी चराउन आएको बताए । भारतीय मह र नक्कली महका कारण आफुहरुले उत्पादन गरेको महले राम्रो बजार र मुल्य नपाएको उनले गुनासो गरे।
उनले बिक्री नभएका कारण २० क्युनटल जति मह घरमा थन्किएर बसेको उनले गुनासो गरे । दाङमा मह निकालेपछि विभिन्न जिल्लामा मौरी चराउन जाने गरेको उनले बताए। उनले ६ महिना जति मौरी चराउने र ३ महिना मौरीलाई घर मै राख्ने गरेको उनले बताए । मेलिफेरा उन्नत जातको मौरी पालेका छन।