गृहपृष्ठ Featured गठबन्धनको बैठक निष्कर्षविहीन

गठबन्धनको बैठक निष्कर्षविहीन

काठमाडौं ।

गठबन्धनको बैठक बिना निष्कर्ष टुंगिएको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठक निष्कर्षविहीन टुंगिएको हो ।

बैठकमा उपराष्ट्रपति निर्वाचनको बारेमा छलफल भएको नेकपा (माओवादी केन्द्र) का नेता शक्ति बस्नेतले बताए । उनले १० दलका बीचमा सकारात्मक रुपमा बैठक सकिएको र बिहीबार बसेर थप निर्णय गर्ने बताए ।

उनले भने, “उपराष्ट्रपति निर्वाचनको लागि १० दलको बीचमा समझदारी कायम गर्ने बारेमा छलफल भएको थियो । छलफल सकारात्मक भएको छ । भोलि यो विषयमा बसेर एउटा निर्णय हुनेछ । आवश्यकताअनुसार बैठक बस्नेछ । बाँकी विषयमा पनि सामान्य छलफल सुरु भएको छ ।”

नेता बस्नेतले सरकार विस्तार लगायतका विषयमा पनि बैठकमा छलफल सुरु भएको बताए ।

सम्बन्धित् समाचार