गृहपृष्ठ Featured बाणगंगा बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन परिचालन समिति खारेजको माग

बाणगंगा बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन परिचालन समिति खारेजको माग

वैखरी अनलाईन, बाणगंगा ।

बाणगंगा बहुमुखी क्याम्पस लैगाईमा तीन विधार्थी संगठनले स्ववियु निर्वाचन परिचालन समिति खारेजको माग गरेका छन् । निर्वाचन समितिले नियतबस कुनै एक संगठनको आधारमा आफ्ना क्रियाकलाप गरेको तीन विधार्थी संगठन (नेविसंघ, अनेरास्ववियू, र अखिल क्रान्तिकारी) को आरोप छ । उनीहरुले विहिबार क्याम्पस प्रमुखलाई एक पत्र लेख्दै यस्तो माग राखेका हुन् ।

‘समितिले सुरूवात देखिबाटै निर्देशिका विपरीत त्रुटिपूर्ण कार्य गर्दापनि बेवास्ता गर्दै निर्वाचनलाई प्रथामिकता दिदादिदै पनि उम्मेदवारको संख्यामा त्रिविले तोकेबमोजिम (२०१ विद्यार्थी संख्या १००० सम्ममा ) १५ सदस्यीय स्ववियुमा प्रत्यक्ष तर्फ १ सभापति, १ सचिव, १ कोषाध्यक्ष र ५ सदस्यहरू गरी कुल ८ र समानुपातिक तर्फ ७ संख्या हुनुपर्नेमा निर्वाचन परिचालन समितिले जबरजस्ती प्रत्यक्ष तर्फ सभापति, सचिव र कोषाध्यक्ष बाहेक ७ सदस्यहरू र समानुपातिकमा ५ भनी उम्मेदवारहरूको नाम प्रकाशित गरेको छ । मौखिक ध्यानाकर्षण गराउदा बैठकमा उक्त बिषयलाई समावेश नगरी निर्वाचन समितिले नियतबस कुनै एक संगठनको आधारमा आफ्ना क्रियाकलाप गरेको हुदा स्ववियु निर्देशिका अनुसार कार्य नगरेको हुदा स्ववियु निर्वाचन परिचालन समिति खारेज गरी नयाँ समिति गठन गरी निर्देशिका अनुरूप शान्तिपूर्ण र निष्पक्ष निर्वाचन गराउन माग गर्दछौं ।’ उक्त पत्रमा भनिएको छ ।

सम्बन्धित् समाचार