बुटवल ।
रुपन्देही प्रहरीले शुक्रबार १८ लाख रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मायादेवी गाउँपालिका ७ बनगाईबाट १८ लाख ३६ हजार ६८० रुपैयाँको भन्सार छलेर ल्याएको सामान बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार मर्चवारी गाउँपालिका–४ का ओमप्रकाश यादवले चलाएको ग १ त ४६२५ नम्बरको ट्याक्टरलाई बनगाईमा रोकेर जाँच गर्दा भारतबाट ल्याउँदै गरेको अवैध सामान भेटिएको थियो ।
जसमा लेडीज सुट, ब्लाउजको भित्री अस्तर, पहेंलो धोतीको कपडा, पूजामा प्रयोग गरिने सेतो कपडा, बेल्ट लगायत छन् ।
बरामद भएको सामान थप कारबाहीका लागि भैरहवा भन्सार कार्यालय पठाइएको प्रहरी नायव उपरीक्षक अर्यालले बताए ।