काठमाडौं ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले १६ वर्षमा देशभरि २६ हजारभन्दा बढी आगलागीका घटना भएको जनाएको छ।
प्राधिकरणका अनुसार सन् २००८ देखि सन् २०२३ सम्ममा २६ हजार ६ सय ३२ आगलागीका घटना घटेका छन्।
प्राधिकरणका अनुसार सन् २००८ मा १ हजार ६६७, सन् २००९ मा २ हजार १३७, सन् २०१० मा २ हजार ७९३, सन् २०११ मा १ हजार ६१३, सन् २०१२ मा ३ हजार ३४६, सन् २०१३ मा २ हजार १०८ आगलागीका घटना भएका थिए।
त्यस्तै, सन् २०१४ मा २ हजार २७९, सन् २०१५ मा ७०६, सन् २०१६ मा ६ हजार २३४, सन् १०१७ मा २ हजार २१८,सन् २०१८ मा २ हजार ९९०, सन् २०१९ मा ३ हजार ९५० र सन् २०२० मा १ हजार २११ आगलागीका घटना भएका थिए।
सन् २०२१ मा भने सबैभन्दा बढी आगलागीको घटना भएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ।
त्यस वर्ष ६ हजार २७९ आगलागी भएका थिए। सन् २०२२ मा १ हजार ५२८ र सन् २०२३ को हालसम्म २ हजार ३६ आगलागीका घटना भएको प्राधिकरणले जनाएको छ।








