कपिलवस्तु ।
सामान्य विवाद हुँदा जिल्लाको बुद्धभूमि नगरपालिका–१ मा स्थानीय एक युवकले आफ्नै बुवाको हत्या गरेका छन्। विवादपछि आक्रोशित २३ वर्षीय जिवन केसीले शनिवार राति ५५ वर्षीय आफ्नै बुवाको चिर्पट दाउरा प्रहार गरी हत्या गरेका हुन्।
ईलाका प्रहरी कार्यालय गोरुसिंगेका प्रहरी निरीक्षक नरेश बहादुर शाहीले बुबासँग सामान्य विवाद पछि आक्रोशित बनेका जिवनले चिर्पटले प्रहार गरेपछि बुवा नारायण केसीको घटना स्थलमै मृत्यु भएको बताए।
घरमा झैँ-झगडा भइरहने कारणले बुवा र छोरा दुबैका श्रीमतीहरूले घर छाडेर गई सकेको स्थानीय बताउँछन्। घटना अघि पनि बुवा र छोरा बिच दिनहुँ जसो झगडा हुने गर्दथ्यो। घटना बारे थाहा पाएपछि घटना स्थल पुगेर प्रहरीले जीवनलाई पक्राउ गरेको थियो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक शाहीले बताए।








