गृहपृष्ठ Featured प्यूठानको उत्तरी क्षेत्रमा बाक्लो असिना

प्यूठानको उत्तरी क्षेत्रमा बाक्लो असिना

प्यूठान । 

प्यूठानको उत्तरी क्षेत्र गौमुखी गाउँपालिकाको वडा नं १, २ र ३ मा दुई फिटसम्म असिना परेको छ । सोमबार अपराह्न तीन बजेदेखि लगातार परेको पानीसहित असिना परेको वडा नम्बर २ का अध्यक्ष डोरबहादुर रानाले जानकारी दिए ।

लगातारको असिनाले किसानले लगाएको अन्नबालीमा ठूलो क्षति पुर्‍याएको वडाध्यक्ष रानाले बताए । पाक्न लागेको गहुँ, जौ र भर्खंरै उर्मंदै गरेको मकै बालीमा समेत असिनाले क्षति पुर्‍याएको छ ।

असिनाले अन्नबाली तथा खाली कुनै पनि ठाउँ नदेखिएको जानकारी दिए ।

बाक्लो असिना पर्दा स्थानीय कुलराज थापाको गोठ भत्किँदा च्यापिएर दुईवटा बाख्रासमेत मरेको वडाध्यक्ष रानाले जानकारी दिए ।

गौमुखी गाउँपालिकाको अर्खा, रजवारालगायत क्षेत्रमा अहिले भारी असिनापानी परिरहेको छ ।

सम्बन्धित् समाचार