गृहपृष्ठ Featured आज चैते दशैं : शक्तिपीठहरुमा दर्शनार्थीको घुइँचो

आज चैते दशैं : शक्तिपीठहरुमा दर्शनार्थीको घुइँचो

काठमाडौं ।

आज चैत शुक्ल अष्टमी, अर्थात् चैते दशैं । देशभरिका शक्तिपीठहरुमा देवीको पूजा आराधना गरी चैते दशैं मनाईंदैछ ।

आज घरघरमा तथा देवीका मन्दिरमा देवी भागवत, कालिका पुराणलगायत स्तोत्र पाठ गरिन्छ ।

असुर शक्तिमाथि दैवी शक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रूपमा लिइने दशैं असोज-कार्तिकमा पनि मनाइने गरिन्छ ।

हिन्दूधर्मावलम्बीहरुले असोज-कार्तिकको दशैंलाई बडादशैंको रूपमा मनाउने गरेका छन् । चैत शुक्ल अष्टमीमा मनाइने दशैंलाई चैते दशैंका रूपमा मनाउने गरिएको छ ।

सम्बन्धित् समाचार