गृहपृष्ठ Featured न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार

न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार

सत्तागठबन्धनमा रहेका दलहरूले सरकारको न्यूनतम साझा कार्यक्रममाथि छलफल सुरु गरेका छन् । मंगलबार गठबन्धन बैठकमा पेस भएको न्यूनतम साझा कार्यक्रमको मस्यौदामा दलहरूको सुझाव लिएर अन्तिम रूप दिने तयारी छ ।

न्यूनतम साझा कार्यक्रमको मस्यौदामा संविधानको रक्षा, आर्थिक समृद्धि, सुशासन, सेवा प्रवाह र अत्यावश्यक कानुन निर्माणलगायतलाई प्राथमिकतामा राखिएको छ । ‘धेरैजसो विषय यसअघिको पाँचदलीय गठबन्धनको न्यूनतम साझा कार्यक्रमसँग मेल खान्छन्,’ एक नेताले भने, ‘ताजा जनादेशपछिको समीकरण भएकाले यसको मर्म पनि समेट्ने कोसिस छ ।’

नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईले न्यूनतम साझा कार्यक्रमको सामान्य मस्यौदा बैठकमा प्रस्तुत भएको र यसमा दलहरूले आ–आफ्नो धारणा प्रस्तुत गरेर अन्तिम रूप दिइने बताए ।

सम्बन्धित् समाचार