गृहपृष्ठ Featured कांग्रेस छाड्दै स्वर्णिमले भने- ‘देउवा-आरजु गिरोहको अपमानले यो स्थिति ल्यायो’

कांग्रेस छाड्दै स्वर्णिमले भने- ‘देउवा-आरजु गिरोहको अपमानले यो स्थिति ल्यायो’

काठमाडौँ ।

कांग्रेस परित्याग गरेका अर्थविद् स्वर्णीम वाग्लेले देउवा–आरजु (शेरबहादुर देउवा र आरजु राणा) गिरोहको निरन्तरको हेपाइ र अपमानले यो स्थिति ल्याएको बताएका छन् ।

पार्टी छाडेको सन्देश दिन कांग्रेस नेताहरुलाई एक पत्र लेख्दै उनले आफू पार्टीमा रहन नसक्ने अवस्था आएको उल्लेख गरेका छन् ।

‘प्रिय दाइ, हजुरहरूको अपार सद्भावका बाबजुद म काँग्रेसमा रहन नसक्ने अवस्था आएको छ। देउवा–आरजु गिरोहको निरन्तर हेपाइ र अपमानले यो स्थिति ल्याएको हो,’ उनले भनेका छन् ।

उनले यो निर्णय लिनुअघि नेताहरुसँग भेटघाट र छलफल नगरेको स्पष्ट गरेका छन् । ‘हजुरहरूसँग भेटेको भए निश्चय पनि काँग्रेस नछोड्न भन्नुहुने र त्यसपछि छोड्दा अवज्ञा गरेको हुने भएकोले श्रद्धापूर्वक पछि नै हामी बस्नेछौँ’, उनले भनेका छन् ।

उनले गगन थापासहितका केही नेताहरु पार्टीको निर्णायक हैसियतमा रहेको दिन जोडिन सक्ने आशा भने कायमै रहेको बताएका छन् । ‘त्यतिन्जेल जहाँजहाँ रहन्छौँ, त्यहीँबाट सहकार्य र सहयोग गर्ने र अहिलेको आत्मीय मित्रता कायम राख्ने वाचा गर्दछु’, वाग्लेको भनाइ छ ।

सम्बन्धित् समाचार