गृहपृष्ठ Featured कपिलवस्तुबाट भैरहवा मेडिकल कलेज जाने बिरामीलाई निःशुल्क बस

कपिलवस्तुबाट भैरहवा मेडिकल कलेज जाने बिरामीलाई निःशुल्क बस

प्रकाशित मिति:

कपिलवस्तु ।

कपिलवस्तुकाे कृष्णनगर नगरपालिकादेखि भैरहवा मेडिकल कलेजका लागि निःशुल्क बस सेवा सञ्चालनमा आएको छ ।

नगरप्रमुख रजत प्रताप शाहले युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भैरहवा लागि शुक्रबार निःशुल्क बस सेवाको उद्घाटन गर्नुभएकाे हाे । प्रत्येक हप्ताको सोमबार, बुधबार र शुक्रबार गरी ३ दिन बिरामीहरुले बस सेवा पाउने भैरहवा मेडिकल कलेजले जनाएको छ ।

नगरपालिकाको प्रतिनिधित्वमा भैरहवा मेडिकल कलेज अस्पताले निःशुल्क बस सेवा सञ्चालन गरेकाे हो।

कृष्णनगर बजार हुँदै बहादुरगञ्ज, मोहन मिष्ठान भण्डार, छोट्की तौलिहवा, कोदहा, गोपालपुर, पिपरहवा, बाणगंगा पुल, बर्गदा, जुगनी, मैडहवा, बरईपुरा, राजपुर, जिगिना र तौलिहवा अस्पताल हुँदै भैरहवा मेडिकल कलेज बस जाने जनाइएको छ ।

सम्बन्धित् समाचार