गृहपृष्ठ Featured प्रधानमन्त्री कप त्रिदेशीय फुटबलको उपाधि नेपालले जित्यो

प्रधानमन्त्री कप त्रिदेशीय फुटबलको उपाधि नेपालले जित्यो

काठमाडौँ । 

नेपालले प्रधानमन्त्री कप त्रिदेशीय फुटबलको उपाधि जितेको छ।  खेलको अन्तिम समयमा मनिष डाँगीले गरेको निर्णायक गोलको सहयोगमा नेपालले लाओसलाई हराउँदै विजय हासिल गरेको हो ।

शुक्रबार दशरथ रंगशालामा भएको फाइनल खेलमा ८७ औं मिनेटमा डाँगीले गोल गरेपछि नेपाल २–१ ले विजयी भएको हो ।

यसअघि १७ ‌औं मिनेटमा लाओसलाई अग्रता लिएपनि नेपालले २४ औं मिनेटमा बराबरी गरेको थियो । त्यसपछिको खेलमा नेपालले एक गोल थप्दा घरेलु टिम विजयी बन्यो ।

नेपालले उपाधिसहित  ५ हजार अमेरिकी डलर पुरस्कार पाएको छ भने  उपविजेता लाओस्ल २ हजार ५०० अमेरिकी डलरमा चित्त बुझाएको छ ।

सम्बन्धित् समाचार