गृहपृष्ठ Featured बाणगंगा चेम्बर अफ कमर्सको प्रथम बैठक सम्पन्न

बाणगंगा चेम्बर अफ कमर्सको प्रथम बैठक सम्पन्न

प्रकाशित मिति:

लक्ष्मण सापकोटा, कपिलवस्तु ।

बाणगंगा चेम्बर अफ कमर्सको प्रथम बैठक सम्पन्न भएको छ । उक्त बैठक बाणगंगा नगरपालिका- ४ मा अवस्थित होटल माछापुच्छ्रेमा सम्पन्न भएको हो ।

बैठकले व्यापारिक हकहितका बिषयमा कार्यहरु गर्ने, ब्याजदर घटाउनका लागि बिशेष पहल गर्ने लगायतका महत्वपुर्ण निर्णयहरु गरेको छ ।

बाणगंगा चेम्बर अफ कमर्सका महासचिव शान्तराज गैरेको सञ्चालनमा सम्पन्न उक्त बैठकमा कमर्सका अध्यक्ष धनु अधिकारीको अध्यक्षता, चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य एवम् कपिलवस्तु चेम्बर अफ कमर्सका अध्यक्ष महादेव पोख्रेलको प्रमुख आतिथ्यता, कपिलवस्तु चेम्बर अफ कमर्सका बरिष्ठ उपाध्यक्ष जगत पौडेल, कपिलवस्तु चेम्बर अफ कमर्सका महासचिव गोपाल बन्जाडेको विशिष्ट आतिथ्यता रहेको थियो ।

सम्बन्धित् समाचार